दोस्रो अवाकस च्याम्पियनसिप प्रतियोगिता सम्पन्न, शब्दास नेपाल च्याम्पियन अफ च्याम्पियन
काठमाडौँ । एलरोज एजुकेसनको आयोजनामा दोस्रो अवाकस च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न आठवटा तहका करिब १२५ जना भन्दा बढि विद्यार्थीहरूबिच प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा विभिन्न आठ तहका विजेता विद्यार्थीहरू सहित च्याम्पियन अफ च्याम्पियनको टाइटल समाबेश रहेको थियो । जसमा पहिलो तहबाट सौगात श्रेष्ठ, दोस्रो तहबाट सुदया श्रेष्ठ, तेस्रो तहबाट अमुल अधिकारी, चौथो तहबाट नेहांङ्का घिमिरे, पाचौँ तहबाट भुगोल राज ढकाल, छैटौँ तहबाट आश्वि सिंह, सातौं तहबाट सबिम महर्जन र आठौं तहबाट शनाय पोदार विजेता हुनुभएको थियो । कार्यक्रमको मुख्य आकर्षकका रूपमा रहेको च्याम्पियन अफ च्याम्पियनको उपाधि पाँचौ तहका शब्दास नेपालले हात पारेका छन् । बिजेताहरूलाई कार्यक्रमका अतिथिहरूले प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले, "आफ्नो भविष्य निर्माणका लागि बालबालिकामा गणितीय सुत्राधारमा आधारित ज्ञानको आवश्यक अत्याधिक रहेको बताउनुभयो ।" उहाँले, 'अवाकसले बालबालिकाको क्षमता एवं सोचाइमा फरकपन ल्याउनुका साथै, खोज तथा अनुसन्धान तर्फ अग्रसर बनाउने बताउनुभयो ।' बालबालिकाले अहिले आफ्नो भविष्य कस्तो बनाउने भन्ने परिपेक्षामा अवाकसको ज्ञान क्षमता र सक्षमताले वृद्धि विकास हुने न्यौपानेले बताउनुभयो ।
त्यस्तै, निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँका अध्यक्ष एवं मनास्लु वल्र्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ धरातलले," विद्यार्थीहरूले विद्यालयको शिक्षामात्र पढेर जीवनमा सफल हुन गाह्रो रहेकाले अवाकसको अध्ययनमा समेत अग्रसर हुनुपर्ने बताउनुभयो ।" उहाँले,'विद्यार्थीको चासो र रूचि अनुसार अभिभावकले विद्यार्थीहरूलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले, अवाकसका माध्यमबाट नयाँपन र नयाँ खोज तर्फ विद्यार्थीहरूलाई अगाडि बढाउनु पर्ने श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, अवाकस मेन्टल म्याथका संस्थापक सिइयो उपेन्द्र अधिकारीले," बालबालिकाले अवाकस भित्र गहिरो सागर फेला पार्ने र त्यहाँबाट कति ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्न विद्यार्थीको क्षमतामा भर पर्ने उहाँले बताउनुभयो । उहाँले,अवाकस पछि मेन्टल म्याथलाईसमेत विद्यार्थीले अध्यायन अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै, बुढानिलकण्ठ नगरपालिका वडा १२ का वडाअध्यक्ष शम्भु भट्टराईले,"स्थानीय तहका विद्यालयहरूमा पछिल्लो समय अवाकसको पढाई हुन थालेको र यसले उनिहरूमा फरक क्षमता अभिवृद्धि भइरहेकाे बताउनुभयो ।" उहाँले,'फरक क्षमता सँगसँगै विद्यार्थीहरूको फरक सोचाईले जीवनमा नयाँ आयाम हुने बताउनुभयो ।'
त्यस्तै, एलरोज एजुकेसनका सिइओ विनय न्यौपानेले,"एलरोज एजुकेसनले विभिन्न विद्यालयहरूमा अवाकस प्रतियोगिता सम्पन्न गरेको र त्यसमा सयाैँ विद्यार्थीहरू सहभागी रहनुले अवाकसकाे महत्वलाइ उजागर गरेकाे बताउनुभयाे । उहाँले,' यसैकाे फलस्वररूप नेसनल लेभलको अवाकस प्रतियोगिता सम्पन्न गरेको बताउनुभयो । उहाँले, दोस्रोपटक अवाकस प्रतियोगिता गरिरहदाँ विद्यार्थीहरूमा नयाँ जोश, जाँगर र क्षमता अभिवृद्धि भएको र आगामी बर्षहरूमा पनि यसलाई निरन्तरता दिने तयारी रहेकाे सिइओ न्यौपानेले बताउनुभयो ।
त्यस्तै, प्रतियोगितामा आठौँ तहका ९ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको थियो । एलरोज एजसकेसन गणितीय सुत्राधारमा आधारित अवाकसको पठनपाठनमा अग्रसर रहेको संस्था हो । यसले अघिल्लाे बर्ष करिव एक सय विद्यार्थीहरू माझ अवाकस च्याम्पियनसिप प्रतियोगिता सम्पन्र गरिसकेकाे छ ।