Live Streaming

ऋत एकेडेमीद्वारा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाडौँको बसुन्धारामा  रहेकाे  ऋत एकेडेमीले २०८१ सालमा कलेजमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

२१ वर्ष लामो इतिहास रहेको  एकेडेमीले आयोजना गरेकाे एक कार्यक्रमका बिच आनन्द कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो । 

कार्यक्रममा बोल्दै ऋत एकेडेमीका क्याम्पस प्रमुख आनन्द कुमार यादवले विद्यार्थीहरूलाई सपथ गराउनु हुदैँ उज्ज्वल भविष्य निर्माणका लागि ऋत एकेडेमी रोजेकोमा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । 

उहाँले, विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणार्थ आफुहरू विगत २१ वर्षदेखि शैक्षिक क्षेत्रसँँग सम्बन्धित रहेको बताउनुभयो । 

प्रमुख अतिथि गायक आनन्द कार्कीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा साथ सहयोग पुर्याउने सबै क्षेत्रलाई धन्यवाद दिँदै आगामी दिनमा आफ्नो भविष्य प्रति कटिबद्ध रहन उहाँले आग्रह गर्नुभयो । 

विभिन्न सांस्कृतिक कार्यक्रम सहित विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरेको कलेजले लोकप्रिय गायीका रचना रिमाल, कलाकार शेर बहादुर गुरुङ सहित गायक राजा राजेन्द्र पोख्रेल सहित प्रमुख अतिथि गायक आनन्द कार्की सहित विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू लाई सम्मान समेत गरेको थियो । 

त्यस्तै, कार्यक्रममा नवआगन्तुक ४०० जना बढि विद्यार्थीहरूलाई कलेजले स्वागत गरेको थियो । सबै विद्यार्थीहरूलाई खादा लगाइदिएर सम्मान गरेको हो । त्यस्तै, कार्यक्रममा विद्यार्थीहरूले विभिन्न संगितमा नृत्य समेत प्रस्तुत गरेका थिए । 

लामो इतिहास बोकेको ऋत कलेजले कक्षा ११/१२ तर्फ नेपाली, अकाउन्ट, इकोनोमिक्स, सामाजिक शिक्षा, फिजिक्स, बायोलोजी, कानुन, गणित, विजनेस स्टडी लगायतका विभिन्न विषयहरू अध्यायन अध्यापन गराउँदै आईरहेको छ ।