Live Streaming

विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम आयोजना

काठमाडौँ । अन्नपूर्ण मिडिया नेटवर्क तथा म्युजिक रिसर्च एन्ड डेभलपमेन्ट फोरम नेपाल( एम आर डि एफ) को संयुक्त आयोजनामा शुक्रबार विश्व संगीत दिवस तथा योग दिवसका अवसरमा लाइभ सांगीतिक प्रस्तुति गरिएको छ ।

एम आर डि एफका कलाकारहरूले अन्नपूर्ण मिडिया परिसरमा बांसुरी,सारङ्गी,मादल,टुङ्ना गिटार लगायतका प्रत्यक्ष वाद्यवादनका साथमा नेपाली लोक भाकाका चर्चित गीतहरू प्रस्तुत गरेर संचारकर्मीहरूलाई सुनाए ।

कलाकारहरू गीता पाण्डे,राजेश कुमार श्रेष्ठ,केसी राजा,अमृता लिम्बु,सरद राई,शुभम भेट्वालले प्रस्तुति दिएका हुन् । कार्यक्रममा बोल्दै अन्नपूर्णका प्रधानसम्पादक अखण्ड भण्डारीले संगीत र मानव जीवनको नजिकको सम्बन्ध रहेकाले जिवनको अभिन्न अङ्गका रुपमा लिनुपर्ने बताए ।

रेडियो अन्नपूर्ण नेपालका स्टेसन म्यानेजर शिरोमणि दवाडीले मन र मस्तिष्क दुबैलाई आनन्द र पुनर्ताजगी दिने कारण विश्व योग दिवस र संगीत दिवस को महत्त्व जोड्दै कार्यक्रम गरिएको बताए । संगित प्रवर्द्धनका अभियन्ता सोमन सैंजुले प्रत्यक्ष वाद्ययन्त्र बजाएर प्रस्तुत गरिने गायन सहितको सांगीतिक प्रस्तुतिको अनुभव र अनुभूतिले सकारात्मक सोच बढाउन मद्दत गर्ने बताए।