प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेलाई नै चेपुवामा पारे : डा. सूर्य पाठक (भिडियोसहित)
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकले राष्ट्रपति चुनावलाई केन्द्रमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले दुवैलाई चेपुवामा पारेको आरोप लगाउनु भएको छ ।
कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँगको कुराकानीमा डा. पाठकले प्रधानमन्त्रीकै कारण जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिँदासमेत एमाले र कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । यो अवस्था लामो समय नरहने भन्दै उहाँले समय आएपछि प्रधानमन्त्री प्रचण्डले जवाफ पाउने बताउनुभयो ।
सत्ता साझेदार दलबीच गत पुस १० मा भएको समझदारी पालना हुनुपर्ने भन्दै उनले विगतको सहमतिलाई कार्यान्वयन गराइने बताउनुभयो । राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने दावी गर्दै राष्ट्रपतिको उम्मेदवार गठबन्धनको साझा हुने बताउनुभयो । राष्ट्रपति उम्मेदवारका विषयमा गठबन्धनमा कुने विमत्ति नभए पनि माओवादी केन्द्रका नेताले भने, बेला बेलामा बोली फेर्न थालेको उहाँ बताउनुभयो ।