Live Streaming

अन्नपूर्ण टप टेन : 'प्रदेश सरकारको औचित्य सकिन्छ, स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य घटाउनुपर्छ'


 

अहिलेको तरिकाल  प्रदेश सरकारको औचित्य सकिन्छ  ः गगन थापा
 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताउनुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी दाबी गर्दै यस्तो बताउनुभएको हो । 
 
विदेशी राजदूतहरुले प्रचण्डलाई भेटेर लिए संक्रमणकालीन न्याय कानुनसम्बन्धी जानकारी

संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड र युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर गम्भीर मानव अधिकार उल्लंघनका घटना र पीडितहरूको पुनरावेदनको अधिकारबारे चासो राखेका छन् । जवाफमा अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका संवेदनशीलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको बताउनुभएको थियो । 

राप्रपा नेपालमा दुई उपाध्यक्षसहित ६ पदाधिकारी मनोनयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पार्टीमा दुई उपाध्यक्ष, एक महामन्त्री, दुई सहायक महामन्त्री र एक सहायक प्रवक्ता मनोनयन गर्नुभएको छ ।अध्यक्ष थापाले पार्टीको विधान बमोजिम दिलनाथ गिरी र श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्षमा आज बिहान मनोनयन गर्नुभएको हो । यस्तै केशवराज श्रेष्ठलाई महामन्त्रीमा मनोनयन गर्नुभएका थापाले रामसुन्दर बिष्ट  र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री र सस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गर्नुभएको छ । 

प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज ललितपुरको मेडिसिटी अस्पतालमा पुगेर गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको हो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य घटाउनुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने बताउनभएकोहो । आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताउनुभयो । 

चट्याङ लागेर एक जनाको मृत्यु, ५० बाख्रा मरे

मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर १९ वर्षीय अजबहादुर कुमाइको मृत्यु भएको हो । चट्याङ लागेर सोही ठाउँका शेरबहादुर बुढा घाइते भएका छन् । 

करेन्ट लागेर बाबु र छोराको मृत्यु

नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड बजेट निकासा

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशले तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । 

क्यान र क्रिकएचक्युबीच सम्झौता

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्युसँग सम्झौता गरेको छ । क्यानले आज एक विज्ञप्ति निकाल्दै नेपाली क्रिकेटमा डिजिटल प्रविधिको विकासका लागि न्युजिल्याण्डको कम्पनी क्रिकएचक्युसँग तीन वर्षको सम्झौता गरिएको जनाएको छ ।