नेपाल र अमेरिकाको हालको सम्बन्धका विषयमा छलफल
अन्नपूर्ण मिडिया नेटवर्क (ए.एम.एन) अन्तर्गत द अन्नपूर्ण एक्सप्रेसले नेपाल र अमेरिकाको हालको सम्बन्धका विषयमा अन्तरक्रिया गरेको छ ।
ए.एम.एनको कर्पोरेट हाउस तिनकुनेमा आइतबार आयोजित अन्तरक्रियामा वक्ताहरुले नेपालमा आएका जुनसुकै परियोजनाको विस्तृत अध्ययन नगरी हल्लाको भरमा निर्णय गर्दा मित्रराष्ट्रसँगको सम्बन्धमा चिसोपना आउन सक्ने बताए ।
बहस, अध्ययन तथा विज्ञको सुझाव बिना सामाजिक सञ्जालमा चलेका हल्लाका भरमा सहयोग परियोजनाबाट पछि हट्ने निर्णयले मित्रराष्ट्रहरू सँगको सम्बन्धमा खलल आउँन सक्ने उनीहरुको भनाइ छ ।
उनीहरूले नेपालमा सरकार फेरिए पछि सरकारको प्राथमिकता पनि फेरिने हुदाँ एउटाले अगाडि बढाएको आयोजनालाई अर्को सरकारले ध्यान नदिदाँ विदेशी सहयोगमा बन्न तयार आयोजनाहरू समेत अलपत्र पर्ने गरेको र नेपालको विकासका लागि आएका आयोजनाहरू अध्ययन बिना नै फिर्ता गरिनुले मुलुकको विकासमा बाधा पुग्न सक्ने उल्लेख गरे ।
द अन्नपूर्ण एक्सिप्रेसका असिस्टेन्ट डाइरेक्टर कमल देव भट्टराई तथा प्रमुख सम्पादक विश्वास बराल समेतको उपस्थिति रहेको अन्तरक्रियामा वक्ताका रूपमा असोसियट प्रोफेसर अपेक्षा शाह, अमेरिकी पूर्व राजदूत सुरेन्द्र चालिसे, पूर्व सैनिक अफिसर तथा राजनीतिक विश्लेषक विनोद बस्याल, भूराजनीतिज्ञ गेजा शाह र राजनीतिक विश्लेषक विजय कान्त कर्ण रहनुभएको थियो ।