Live Streaming

पदाधिकारी चयन गर्न आज बस्ने भनिएको कांग्रेसको बैठक स्थगित

काठमाडौं :  नेपाल कांग्रेसको पदाधिकारी चुन्नका लागि आज सोमबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पौडेल समूहले बहिस्कार गर्ने  चेतावनी दिएपछि बैठक २१ गतेसम्मको लागि बैठक स्थगित भएको हो । 

पदाधिकारी चयन गर्न आवश्यक परामर्शको लागि बैठक स्थगित गरिएको कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । उनले वैशाख २१ गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए । कांग्रेसको महाधिवेशन भएको दुई वर्ष वितिसक्दा पनि पदाधिकारीको चयन हुन सकेको छैन ।

कांग्रेसको विधानमा महाधिवशन सकिएको २ महिनाभित्र पदाधिकारी चयन गरिसक्नु पर्ने व्यवस्था छ । विधानमा पार्टी सभापतिले एक उपसभापति , एक महामन्त्री , दुई जना सहमहामन्त्री र एक प्रवक्ता मनोनयन गर्ने व्यवस्था छ ।सभापति शेरबहादुर देउवाले  दुई महिना अघि  विश्वप्रकाश शर्मालाई प्रवक्तामा मनोनयन गरेका छन् तर उपसभापति , महामन्त्री र सहमहामन्त्री  भने मनोनयन गर्न सकेका छैनन् ।

३७ दिन लामो कांग्रेसको बैठक पौडेल समूहको असहमतिका बाबजुत  आइतबार सकिएको थियाे ।