अम्बिका गुरुङको कविता 'मेरो मनको लक्ष्य'
काठमाडौँ - सयौ चोटी हिंडे होला यो बाटोमा
ओहरदोहर गर्दै तिमीले झुक्काइएका
यी पाइलाहरु शिर निहुराइएर हेर्दै छु
कुन दिन तिमीसंग भेट भएछ
कुन क्षण तिमीसंग माया बसेछ
यो मुटुमा पिडा बसेछ
यी आँखाहरुमा रिक्तता बाहेक केहि छैन
एकचोटी आउ । तिमी र, म, उभिएको
धर्तिको एक अंश अपमानित भैरहेछ
हाम्रो पवित्र मिलनलाई ,
कलसमा राखेर फेरी कहिलै नओईलिने
अजम्बरी फूल फुलाएर राखौ ।
हो ! तिमी, र म,
मैले जीवनको पहिलो पाइला चाल्ने
रहर बोकेका थियौ
त्यही जुनको फेदमा बसेर
हामी दुबैले कसम खाएका थियौ,
जीवनको पहिलो र कलिलो
आशाहरुले भरिएको मुस्कान सहित्
तिमीले मेरो हात तिम्रो हातमा राखेका थियौ,
हो ! त्यही पल ,त्यो क्षणलाइ पवित्र र शुद्द बनाउ ।
न भत्काउ मेरो झिनो आशाहरु
हाम्रो प्रेमलाई म ईतिहास बनाउन चाहान्छु
कयौ लडाई पछिको जित जस्तै
अर्को एउटा आशा अन्तिम आशा छ मलाइ,
तब तिमी, र म,
हामी दुवै मिलेर हाम्रै आफ्नै संसार,
हाम्रै दुनियाँ हाम्रै हातहरुले बनाउ
अनि हामी आफ्नो सपनाहरु पुरा गरौ
हाम्रो सपना र भाबी सपन हरु बटुलेर हाम्रो आफ्नै संसार खडा गरौ !!