बहुमत प्राप्त दलको नेता प्रधानमन्त्रीमा नियुक्त हुने भएकाले अनावश्यक विवाद नगर्न संविधानविद् निलम्बर आर्चायको भनाई
काठमाडौँ - राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहकोले नयाँ सरकार गठनमा विवाद गर्न नहुने संविधानविदहरुले तर्क गरेका छन् । प्रतिनिधिसभाको बैठक अघि कि पछि प्रधानमन्त्री चयन हुने भन्नेमा विवादका विषयमा बोल्दै संविधानविद् निलम्बर आर्चायले प्रतिनिधीसभामा बहुमत प्राप्त दलका संंसदिय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था स्पष्ट उल्लेख रहेकोले अनावश्यक विवाद गर्न नुहने बताउनुभयो ।
रेडियो अन्नपुर्ण नेपालको कार्यक्रम 'मुल प्रवाह'मा कुरा गर्दै उहाले पछिका नजीर स्थापना गर्न पनि सत्ता हस्तान्तरण गर्न ढिलाई गर्न नुहने पनि औल्याए ।
प्रतिनिधी र प्रदेशसभा निर्वाचनको परिणामा आएपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाइ हुने देखिएपछि बैठकअगावै पनि नयाँ प्रधानमन्त्री चयन हुन सक्ने एकथरी संविधानविद्ले तर्क गरिरहेका छन् । तर, केही संविधानविद्ले भने राष्ट्रियसभाको चुनावपछि प्रतिनिधिसभाको बैठक आह्वान हुने र त्यसपछि मात्र प्रधानमन्त्रीको निर्वाचन हुने तर्क गरिरहेका छन् । राष्ट्रियसभाको निर्वाचनपछि मात्र प्रतिनिधिसभाको अधिवेशन आह्वान हुने तर्कले नयाँ सरकार गठनमा ढिलाइ हुने देखिएको छ ।