Live Streaming

म्यानमारमा हितिन क्यो राष्ट्रपतिमा निर्वाचित


एजेन्सी, २ चैत्र । म्यानमारको संसदले नेशनल लिग पार्टीका हितिन क्योलाई राष्ट्रपति निर्वाचित गरेको छ । झण्डै ५० बर्षलामो सैनिक साशनको अन्त्यपछि क्यो देशको सर्वोच्च पदमा पुग्ने पहिलो सर्वसाधारण नागरिक बन्नुभएको छ । हितिन क्यो प्रजातन्त्रवादी नेतृ आङ्ग सान सुकीका निटक सहयोगी हुनुहुन्थ्यो ।

सुकीको दल नेशनल लिग फर डेमोक्रेशी एन एल डी ले गत नोभेम्वरमा सम्पन्न ऐतिहासिक निर्वाचनमा संसदमा भारी बहुमत ल्याएको थियो । राष्ट्रपति निर्वाचित क्यो ले एन एल डी कै अर्का उम्मेदवार र सेनाले उठाएका एक उम्मेदवारलाई पराजित गर्नुभएको हो । जम्मा ६ सय ५२ भोटमध्ये हितिन क्यो ले ३ सय ६० मत प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ ।