Live Streaming

चट्याङले दुई सञ्चार माध्यममा क्षति

भीमदत्तनगर, २ चैत । आइतबार राति परेको वर्षासँगै चट्याङ पर्दा कञ्चनपुरको झलारीमा रहेका दुई वटा सञ्चारमाध्यममा क्षति पु¥याएको छ । चट्याङ पर्दा झलारी बजारमा रहेको प्रभु एफएममा क्षति पुग्दा प्रसारण अवरुद्ध भएको छ । एफएमका विद्युतीय सामग्रीमा समेत चट्याङका कारण क्षति पुगेको छ । 

त्यसैगरी, झलारी बजारबाट प्रकाशित हुने स्थानीय ‘पहिचान खबर’ दैनिकका दुई थान कम्प्युटर सेटलगायतका विद्युतीय सामग्रीमा चट्याङले क्षति पु¥याएको पहिचान खबरका पत्रकार अर्जुन सिंहले जानकारी दिनुभयो । 

चट्याङले ग्रामीण भेगमा क्षति पु¥याउनुका साथै विद्युत् सेवा समेत केही स्थानमा अवरुद्ध भएको छ । त्यसैगरी, वर्षासँगै असिना पर्दा खेतमा लगाएको गहुँ, तोरी, तरकारीमा समेत क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले जानकारी दिनुभयो ।

उहाँले सबैभन्दा बढी तरकारी किसान मारमा परेको जानकारी दिनुभयो । कृषि विकास कार्यालयले असिनापानीले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्ने जनाएको छ । रासस