Live Streaming

​यौन सम्बन्धका कारण जिका भाइरस सरेको पुष्टि


एजेन्सी, २० माघ । अमेरिकाको टेक्सास राज्यमा यौन सम्बन्धका कारण पहिलो पटक जिका भाइरस सरेको पुष्टि भएको छ । टेक्सासको दल्लाउ काँउटीमा यौन सम्बन्धका कारण एक व्यक्तिमा सो भाइरस सरेको दि सेन्टर फर डिजिज एण्ड प्रिबेशन सेन्टरलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

अर्कै देशबाट आएका जिका भाइरस संक्रमित व्यक्तिसंग एक अमेरिकीले यौनसम्पर्क राख्दा सो भाइरस सरेको पुष्टि भएको हो । अधिकारीहरुका अनुसार अहिलेसम्म लामखुट्टेको टोकाईबाट सर्ने भनिएको सो संक्रमण पहिलोपटक यौन सम्बन्धका कारण सरेको पुष्टि  भएको हो ।

जिका भाइरस नियन्त्रणका लागि विश्वव्यापी अभियान चलाउनुपर्ने जरुरी देखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यसअघि विश्व स्वास्थ्य संगठन डब्लुएचओले जिका भाइरस नियन्त्रणका लागि विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको थियो  ।