सेयर बजारमा डिम्याट प्रणाली लागुू
काठमाडौं,३ माघ । नेपाल धितो पत्र बोर्डले आजदेखि सेयर बजारमा अनिवार्य डिम्याट प्रणाली लागू गर्ने भएको छ । नेपालमा सेयर कारोबार हुन थालेको २२ वर्षपछि पहिलोपटक डिम्याट प्रणालीमार्फत कारोबार सुरु हुन लागेको हो । अब डिम्याट प्रणालीमा दर्ता भएका एक ७० वटा कम्पनीहरुले मात्रै सेयर कारोबार गर्न पाउने भएका छन् ।
नेपाल स्टक एक्सचेन्जले कतिपय सुचिकृत कम्पनीहरु मर्जर तथा एक्विजिसनमा गएकाले हाल एक सय ९२ कम्पनीले सेयर कारोबार गरिरहेको जनाएको छ । जसमध्ये २२ कम्पनी डिम्याटमा लागू हुने बाँकी रहेका छन् । सिडिएस एण्ड क्लियरिङ कम्पनीले आफ्नो वैवसाइटमै डिम्याटमा दर्ता भएका जम्मा १ सय ७० कम्पनीको नाम राखेकाले सोही आधारमा मात्रै सेयर किनबेच गर्न लगानीकर्ताहरुलाई आग्रहर गरेको छ ।
डिम्याट प्रणालमिा दर्ता नभएका कम्पनीहरुले डिम्याट सम्झौता गरेपछि मात्रै सेयर कारोबार गर्न पाउनेछन् । डिम्याट प्रणाली सञ्चालनमा आएपछि कागजी प्रणाली विस्थापित हुने भएकाले बजार आधुनिकीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैगरी सो प्रणाली लागू भएपछि लगानीकर्ताले घरमै बसेर अनलाईनमार्फन कारोबार गर्न पाउनेछन् ।