Live Streaming

मोर्चाका नेता आन्तरीक छलफलमा


काठमाडौं,३० पौष । मधेश आन्दोलन संवोधन गर्न प्रमुख तीन दल र सरकारले गरेको प्रस्ताव बारे साझा धारणा बनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यदलको बैठक बसिरहेको छ । तमलोपाको कार्यलय बिजुली बजारमा जारी बैठकमा मोर्चाका तर्फबाट कार्यदलमा रहेका सदस्यहरु सहभागि छन् ।

प्रमुख तीनदलले माघ ५ गते अगावै मधेशी मोर्चासँंंग लिखित सहमति गर्ने निर्णय गरेपछि मोर्चाका नेताहरु आन्तरिक छलफलमा व्यस्त बनेका हुन् । कार्यदलका एक सदस्यले तीनदलले आश्वासन बाढेपनि विश्वासको वातावरण बनिसकेको बताएका छन् । कार्यदलमा तमलोपाका हृदयश त्रिपाठी, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ तथा तराइ मधेश सद्भावना पार्टीका रामनरेश राय छन् ।