पर्यटन बोर्डले विशेष योजना ल्याउने
काठमडौं,३० पौष । भुकम्पका कारण संकटमा परेको मुलुको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले विशेष योजना ल्याउने भएको छ । वर्षको सुरुमै आएको विनाशकारी भुकम्पका कारण क्षतबिक्षत बनेको पर्यटन क्षेत्रलाई पुनःउथ्थान गरेर पुरानै अवस्थामा फर्काउन र बाह्य पर्यटकहरुलाई आकर्षित गर्नका लागि बोर्डले विशेष योजना ल्याउन लागेको हो ।
योजना अनुसार पर्यटन क्षेत्रलाई गति दिन सन् २०१६ लाई राष्ट्रिय पर्यटन वर्षका रुपमा मनाउने बोर्डले जनाएको छ । कार्यक्रम अन्तरगत उपत्यका भित्र र बाहिरका विशेषका पर्यटकीय क्षेत्रलाई आकर्षक रुपमा विकास गर्ने योजना रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।