नाकामा रोकिएका २ सय ५५ ग्यास बुलेट नेपाल भित्रिदै
वीरगन्ज,३० पौष । भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण रक्सौल वीरगन्ज नाकामा रोकिएका दुई सय ५५ ग्यास बुलेट ‘रि–रुट’ भएर सुनौली र जोगबनी नाकाबाट नेपाल भित्रिने भएका छन् । नेपाल आयल निगमका अनुसार ५० वटा ग्यास बुलेट रि–रुट भइसकेका छन् । बाँकी दुई सय पाँच बुलेट रि–रुटका लागि कागजात मिलाउन सुरु भइसकेको छ ।
केही दिनमा ती ग्यास बेलुटले पनि रि–रुट अनुमति पाउने स्रोतले दाबी गरेको छ । १५ दिनभित्र सो परिमाणमा ग्यास बुलेट राजधानी काठमाडौं भित्रिएपछि साढे दुई लाख परिवारले ग्यास पाउने आयल निगमको दावी छ । रि–रुट भएर आउने ग्यासले कुल मागको २५ प्रतिशत पूरा गर्छ ।