Live Streaming

तस्कर र प्रहरीबीच गोली हानाहान


धनगढी,२९ पौष । कञ्चनपुरको बेलौरीमा चरेस तस्करको एक समुह र प्रहरीबीच गोली हानाहान भएको छ । बेलौरी नगरपालीका १० पचुहीमा हिजो बेलुका ५ बजेतिर चरेस ओसारपसारमा संलग्न एक भारतीय समुह र सिबिल डे«ेसमा खटिएको प्रहरीको टोलीबीच गोली हानाहान भएको हो ।

 चरेस ओसार पसारको सूचनाको आधारमा  इलाका प्रहरी चौकी बेलौरीबाट खटिएको ४÷५ जनाको सिबिल प्रहरीको टोलीले छानबिन गर्न खोज्दा तस्करको समुहले एक्कासी प्रहरीमाथि गोली चलाएको सुदुरपश्चिम क्षेत्रका डिआइजी माधव नेपालले जानकारी दिनुभयो ।

उहाँंका अनुसार प्रहरीले  तस्करी गर्ने समुहका भारत पेलिभित घर भएका २० वर्षीय पालु सिंहलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । प्रहरीले सिंहसँगै एक थान नलकटुवा पेस्तोल, सोको एक राउण्ड गोली र १ किलो ७ सय ग्राम चरेस बरामद गरेको छ ।  सो समुह लामो समय देखि नेपालबाट भारतमा लागूपदार्थ चरेस ओसारपसारमा संलग्न रहेको आशंका गरिएको छ ।