संसद बैठक माघ ५ गतेसम्मका लागि स्थगित
काठमाडौं,२९ पौष । व्यवस्थापिका संसदको आज बस्ने भनिएको बैठक माघ ५ गते सम्मका लागि स्थगित भएको छ । संसदका महासचिव मनोहरप्रसाद भट्टराइले हिजो एक सूचना प्रकाशित गरी आजका लागि निर्धारण गरिएको बैठक विशेष कारणबस माघ ५ गते सम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
सभामुख ओनसरी घर्ती पति वर्षमान पुनको स्वास्थ्य स्थिती बुझ्न थाइल्याण्ड गएका कारण संसदको बैठक माघ ५ गतेसम्म सारिएको संसद सचिवालय स्रोतले जनाएको छ । संविधान संशोधन विधेयक माथी परेका संशोधन माथी दफावार छलफल हुने कार्यक्रम थियो । यसैबीच सभामुख घर्तिले माघ ४ गते सम्ममा दलहरुविच राजनीतिक सहमतिहुने विश्वास सभामुखज्यूले लिनु भएको छ ।
संविधान संशोधन विधेयक पारित गर्ने लगायत संसदका गतिविधि सहज ढंगले सूचारु गर्न दलहरु विचको वार्ता अझ परिणाममुखी बनाउन सभामुख घर्तीले आग्रह गर्नु भएको उहाँको निजि सचिवालयले जनाएको छ ।