जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर आज बाँडफाँड हुने
काठमाडौं,२९ पौष । जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर आज बाँडफाँड हुने भएको छ । गत कात्तिक १२ गते सर्बसाधारणका लागि खुल्ला गरिएको सेयर मागमा परेको करीब ४३ अर्बको आवेदन मध्येको सेयर बाँडफाँड आज हुन लागेको हो । कम्पनीको एक सय रुपैया मूल्य अंकित दरको २ करोड कित्ता सेयर बाँडफाँड हुन लागेको हो ।
आज बिहान नौ बजेपछि बिक्री प्रबन्धक नागरिक लगानी कोषको कार्यालयमका बाँडफाँडबारे जानकारी दिने कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन धेरै परेकाले ५० हजार भन्दा बढी लगानी गर्ने ठुला लगानीकर्ताले ३ प्रतिशतभन्दा कम र सो रकमभन्दा कम लगानी गर्ने साना लगानीकर्ताले करीब ११ प्रतिशत सेयर पाउनेछन् ।