Live Streaming

​ मधेस आन्दोलन मत्थर बन्दै


काठमाडौं,२८ पौष । मधेस आन्दोलन एक सातायता मत्थर हुँदै गएको छ । पाँच महिनादेखि जारी मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको पर्सा वीरगन्जको जनजीवन पनि सहज बन्दै गएको छ । रक्सौल–वीरगन्ज नाकामा मधेसी दलको धर्ना र नाकाबन्दी जारी रहे पनि वीरगन्जका बजार र पसल खुल्न थालेका छन । पुस १९ गते संघीय मधेसी गठबन्धन र खुद्रा व्यापारी संघबीच भएको छलफलमा व्यापारीले बिहानदेखि दिउँसो दुई बजेसम्म बजार र पसल बन्द गर्ने लिखित सहमति गरेका थिए ।

सहमतिको दुई दिन बित्न नपाउँदै वीरगन्जका बजार र पसल बिहानदेखि बेलुकासम्म खुल्न थालेका छन्। आन्दोलनरत दलका नेता र कार्यकर्ताले कुनै बाधा गरेका छैनन् । मालवाहक ठूला सवारीसधान नचले पनि साना सवारीसाधन भने निर्बाध चलेका छन् । सिर्सिया सुक्खा बन्दरगाहबाट पनि हरेक दिन दुई सय हाराहारीमा ट्रकले मालसामान गन्तव्यमा पु¥याइरहेका छन ।

वीरगन्ज नाकाको मितेरी पुलमा असोज ७ गतेदेखि जारी धर्नामा पनि आन्दोलनकारीको संख्या कम भएको छ । धर्नामा सुरुसुरुका दिनमा चार पाँच सय आन्दोलनकारी चौबीसै घन्टा बस्दै आएका थिए । तर केही दिनयता धर्नास्थलमा मुस्किलले २०–२५ जना मात्रै भेटिन्छन् ।