सरकार ढल्दैन : नेता ज्ञवाली
काठमाडौं,२७ पौष । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकार संचालनमा केही कमजोरी भएपनि वर्तमान सरकार अहिले नै नढल्ने दावी गर्नुभएको छ । बाहिर हल्ला भएजस्तै अहिले नै सरकार ढल्ने कुनै सम्भावना नरहेको उहाँको भनाइ थियो । गृह जिल्ला दाङमा आज बिहान आयोजित कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले सरकार चलाउने क्रममा केही गल्ती–कमजोरी भएपनि कांग्रेसले नचाहँदासम्म सरकार नढल्ने बताउनु भएको हो ।
सत्तारुढ दलका केही नेताले सरकारले काम गर्न सकेन भन्दै बाहिर भाषण गर्दै हिँड्नुभन्दा पनि सरकारका राम्रा र नराम्रा कामलाई छुट्याएर सुझाव दिन पनि आग्रह गर्नुभयो । नेता ज्ञवालीले मधेसवादी दलले गरेको आन्दोलनको कुनै तुक नभएको टिप्पणी गर्नुभयो । फरक प्रसंगमा उपाध्यक्ष ज्ञवालीले चीनको अविश्वासका कारण चीनवनट पेट्रोलियम पदार्थ आयात हुन नसकेको उल्लेख गर्नुभयो । चीनले प्रधानमन्त्रीलाई नै बोलाएको र केही दिनमा नै त्यसको निकास निस्कने उहाँको भनाइ थियो ।