Live Streaming

​मैले दरबार मात्र छाडेको हुँं नेपालीको घरबार र आधार छाडेको छैन : पूर्वराजा ज्ञानेन्द्र


 काठमाडौं,२६ पौष । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको चाहाना अनुसार आफुले दरबार छाडेपनि नेपालको घरबार र नेपालीको आधारको भार नछाडेको बताउनुभएको छ । आपसी सद्भाव खल्बलिएर सर्बसाधारणको जीवन समस्यामा परेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । २ सय ९४ औ पृथ्वी जयन्तीका अवसरमा एकता र सदासयताको आह्वान भन्दै उहाँले जनताको भावनाको कदरगर्दै दरबार छाडेको भएपनि नेपालीको आधारको भार भने नत्यागेको बताउनु भएको हो ।

नेपाली जनताले असहजले साझ बिहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौ धौ परिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भएको छ । पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा भनिएको छ, ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिंदै राष्ट्रहित  र राष्ट्रवासीको सुख, सम्मृद्धि र आत्मीय सन्तुष्टीका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ ।

तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन। अनी नेपाल र नेपालीको “आधारको भार” पनि परित्याग गरेको  छैन ।’ देशमा अहिले आपसी सद्भाव खल्बलिएर सर्वसाधारणमा आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादन तथा बाह्य निर्भरताको मार परीरहेको तर्फ इंगित गर्दै पूर्व राजा शाहले जनताले कोबाट कस्तो भुमिका र भरोसाको अपेक्षा गरेका छन् भन्ने खुलस्त हुनुपर्ने बेला आएको जिकिर गर्नुभएको छ ।