फेरि रामेछाप केन्द्र विन्दु भएको पराकम्प गयो
काठमाडौं,२६ पौष । गत बैसाखमा गएको बिनासकारी भुकम्पको पराकम्प जाने क्रम अझै जारी छ । गएराती रामेछाप जिल्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ४ म्यानिच्युटको पराकम्प गएको हो । राती ११ बजेर २८ मिनेटमा सो पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यो संगै गत बैसाखमा गएको भुकम्पको पराकम्पको संख्या ४ सय २५ पुगेको छ ।