Live Streaming

एक सय बढी म्यानवापर कालोसुचीमा

काठमाडौं,२६ पौष । वैदेशिक रोजगारीमा जाने कामदारहरुसँंंग बढी रकम लिएर थोरै रकमको रसिद दिने एक सय मेनवापरलाई बैदेशीक रोजगार विभागले कारबाही गर्ने भएको छ । जथाभावी रकम लिने र अन्य ठगी गर्ने गरेको उजुरीका आधारमा विभागले ती मेनपावरहरुको सूची बनाइरहेको बताएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुभन्दा सरकारी कर्मचारीले बढी फाइदा लिने गरेको आरोप हटाउन विभागले माघ पहिलो सातासम्म एक सय म्यानपावर कम्पनीको सूची तयार गर्न लागेको जनाएको छ ।