Live Streaming

​भारी हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौं, २५ पुष । 
मध्य तथा सुदूरपश्चिमी जिल्लाका हिमाली क्षेत्रहरुमा  गएरातीदेखि भारी हिमपात सुरु भएको छ । भारती हिमपातका कारण चिसो ह्वात्तै बढेपछि सुदुरपश्चिमका पहाडी जिल्लाहरुको जनजवीवन प्रभावित भएको छ ।  बाजुरा, बझाङ, दार्चुला, बैतडी, मुगु, कालिकोट लगायतका जिल्लामा बर्षासंगै हिमपात भएको हो । बाजुरा र दार्चुलाका हिमाली क्षेत्रहरुमा दुई फिटसम्म हिउं जम्दा यातायातका साधन प्रभावित बनेको छ भने खच्चरका बाटो समेत बन्द हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

उता, हिमालपारीको जिल्ला मनाङमा पनि हिजो सांझदेखि फेरी हिमपात शुरु भएको छ । हिमाली जिल्ला मनाङमा फेरि हिमपात शुरु भएको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा यस बर्ष हिजोदेखि पुनः हिमपात सुरु भएको छ । यसअघि पहिलोपटक कात्तिक दोस्रो साता हिमपात भएको थियो । स्थानियहरुका अनुसार माथिल्लो मनाङको ७ गाविस सहित सदरमुकाम चामे वरपर र नार साथै फू गाविसमा हिमपात भइरहेको छ । मनाङ गाउँस्थित होटल तिलिचोका संचालक छिरिङ लोप्साङ गुरुङले हिउँ पर्न थालेपछि चिसो बढेको र मानिस बाहिर निस्कन नसकेको बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका निमित्त प्रमुख कैलाश तिवारीले हिजो दिउँसो देखिको हिमपातले पर्यटकहरु अघि बढ्न नसकेको बताउनुभयो ।