Live Streaming

निजी गाडीलाई इन्धन वितरण


काठमाडौं,२४ पौष । नेपाल आयल निगमले आज काठमाडांै उपत्यकामा ७ देखि १० लटसम्मका निजी कार र जीपलाई पेट्रोल वितरण गर्दैछ । उपत्यकाका विभिन्न ४५ वटा पम्पबाट बिहान नौ बजेपछि पेट्रोल विक्री वितरण सुरु हुने निगमले जनाएको छ । यसअघि बुधबार १ देखि ६ लटसम्मका कार तथा जीपलाई पेट्रोल बिक्री गरेको थियो । कार तथा जीपले १५ लिटरका दरले पेट्रोल पाउने निगमले जनाएको छ ।

११ देखि माथि लटका कार तथा जीपले आउँदो सोमबार पेट्रोल भर्न पाउनेछन् । नविकरण गरिएको ब्लु बुक साथमा भएकाहरुलाई मात्र पेट्रोल दिइने निगमले जनाएको छ ।