Live Streaming

जनकपुर तनावग्रस्त


जनकपुर,२३ पौष । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गर्दै स्थानीय व्यपारीहरुले बजार खुल्ला गरेपछि धनुषाको जनकपुर तनावग्रस्त बनेको छ । व्यापारीहरुले बिहान बन्दको अवज्ञा गर्दै पसल खोलेका थिए भने मोर्चाका कार्यकर्ताहरुले पसलमा तोडफोड गरेपछि तनाव उत्पन्न भएको हो ।

मोर्चाका कार्यकर्ताले पसलमा तोडफोड गरेको भन्दै व्यपारीहरुले पनि सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहको मोटरसाइकलमा तोडफोड गरेको सहकर्मी मनिका झाले बताएकी छिन् । जनकपुरमा दुई पक्षबिचको तनाव अझैपनि जारी छ । ४ महिनायता मोर्चाले जारी राखेको तराई बन्दका क्रममा जनकपुरका व्यपारीहरुले बन्दको अवज्ञा गरेको यो पहिलो पटक हो ।