जिप दुर्घटनामा ३ नेपालीसहित ७ मृत्यु
काठमाडौं,२३ पौष । भारतको सिक्किममा गएराती जिप दुर्घटनामा एकै परिवारका ३ नेपाली सहित ७ जनाको मृत्यु भएको छ । सिक्किम भ्रमणका लागि गएका एकैपरिवारका उनीहरु सो दुर्घटनामा परेका हुन् । दुर्घटनामा मृत्यु हुने नेपालीहरुमा झापाका ७९ वर्षीय हरि फुँयाल, उनका छोरा शैलेन्द्र र बुहारी सन्जनाको मृत्यु भएको भारतीय अधिकारीलाई उदधृत गर्दै झापा प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा ५० वर्षीय भगवती दाहाललगायत अन्य ३ नेपाली घाइते भएका छन् । दक्षिणी सिक्किमको नामाथाङबाट गान्तोक जाँंदै गरेको सो जिप सडकबाट ५ सय फिट तल खसेको सिक्किम प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने अन्य व्यक्तिहरु भारतकै पश्चिम बंगाल र सिक्किमका हुन् ।