Live Streaming

​ कश्मिरका मुख्य मन्त्री सईदको निधन

एजेन्सी


काठमाडौं,२३ पौष । भारत प्रशासित जम्मु कश्मिरका मुख्य मन्त्री मुफ्ती मोहम्बद सईदको निधन भएको छ । पछिल्लो समय फोक्सोको संक्रमणबाट ग्रसित सईदको नयाँ देल्लीस्थित अखिल भारत आयुर्वेदिक संस्थामा उपचार भइरहेको थियो । केहिदिन यता उनको अवस्था थप बिग्रपछि उनलाई अस्पातालको भेन्टिलेटरमा राखेर उपचार गरिंदै आएको थियो ।

उनको पार्थिब शरीरलाई देल्लीबाट श्रीनगर लैजाने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको द पिपुलस डेमोक्रेटिक पार्र्टीले शानदार जित हासिल गरेपछि उनी गत वर्ष मात्र जम्मु कश्मिरको मुख्य मन्त्रीमा निर्वाचित भएका थिए ।