सुरक्षा परिषदद्धारा उत्तर कोरियाको निन्दा
एजेन्सी
काठमाडौं,२३ पौष । संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियाले हिजो गरेको हाईड्रोजन बम परिक्षणको निन्दा गरेको छ । परिषदको गएराती सम्पन्न आकस्मिक बैठकले उत्तर कोरियाको सो परिक्षणको एकै स्वरमा विरोध गर्दै उत्तर कोरियाले राष्ट्रसंघको प्रस्तावलाई समेत बेवास्ता गरेको आरोप लगाएको छ । परिषद बैठकमा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने विषयमा पनि छलफल भएको थियो । बैठकले उत्तर कोरियाको पछिल्लो गतिविधिले अन्तराष्ट्रिय सुरक्षामा खतरा बढेको निष्र्कष समेत निकालेको छ ।
उत्तर कोरियाले हिजो पहिलो पटक हाईड्रोजन बमको सफल परिक्षण गरेको दावी गरेको थियो । यद्यपी केहि अधिकारीहरुले कोरियासँंग हाईड्रोजन बम बनाउने क्षमता नरहेको दावी गर्दै अन्य अणु बमको परिक्षण गरेको हुनसक्ने तर्क गरेका छन् । यसैबीच उत्तरकोरियाको पछिल्लो कदमपछि उत्पन्न अन्तराष्ट्रिय खतराका बारे अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार सुसैन राईसले चीनिया अधिकारीहरुसँंंग छलफल गर्नुभएको छ । छलफल उत्तर कोरियामाथि प्रतिबन्ध लगाई कारबाही गर्ने विषयमा केन्द्रित रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।