Live Streaming

​ उत्तर कोरियाद्धारा हाइड्रोजन बम परिक्षण

एजेन्सी


काठमाडौं,२२ पौष । उत्तर कोरियाले हाइड्रोजन बमको सफलतापूर्वक परिक्षण गरेको जनाएको छ । परिक्षणस्थल पुंगी–री क्षेत्र नजिक ५ दशमलव १ मयाग्निच्यूडको कम्पन मापन भएकोे विवरण सार्वजनिक भएपछि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सो बम परिक्षणको घोषणा गरेको हो । उत्तर कोरियाले सन् २००६ यता ३ वटा भूमिगत आणविक परिक्षण गरिसकेको अनुमान अनुमान गरिंदै आएको छ ।

आज परिक्षण गरिएको आणविका बमले बिष्फोटनका लागि एउटा यस्तो समिश्रण प्रयोग गरिन्छ, जुन आधारभूत अणुबम भन्दा कयौं गुणा शक्तिशाली हुन्छ । यसअघि सन् २०१३ मो यस्तै परिक्षण गर्दा विश्वव्यापी रुपमा आलोचना खेपेको उत्तर कोरियाले यसपटक पनि अन्य मुलुकको आक्रोशको सामना गर्ने निश्चित प्राय छ । जापानका प्रधानमन्त्री सिञ्जो आबेले अहिलेको परिक्षणले आफ्नो मुलुकको सुरक्षामा गम्भिर चुनौती दिएको प्रतिक्रिया दिनुभएको छ ।