Live Streaming

लटअनुसार तेल बाँडिदै


काठमाडौं,२२ पौष । नेपाल आयल निगमले लट अनुसार आजदेखि निजी कार र जीपलाई दिन बिराएर पेट्रोल विक्रि सुरु गरेको छ । निगमका अनुसार आज १ देखि ६ लटसम्मका निजी कार जीपले पेट्रोल पाउनेछन् । उपत्यकाका ५३ ओटा पम्पहरुबाट इन्धन वितरण हुने निगमले जनाएको छ । तोकिएका पम्पहरुमा बिहान ९ बजेदेखि पेट्रोल वितरण सुरु भएको छ

। ब्लु बुक नवीकरण भएका चारपाङ्गे्रे कार तथा जीपलाई निगमका मान्यताप्राप्त पम्पहरुबाट पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ । अन्य लटका निजी चारपाङ्ग्रे कार तथा जिपको हकमा अर्को सूचना प्रकाशित गरिने पनि निगमको भनाइ छ । यस्तै २४ गते ७ देखि १० लटसम्मका र २७ गते ११ लट भन्दा माथिका कार र जीपलाई पेट्रोल दिइने निगमले जनाएको छ । यसैबीच एसएमएस सिस्टम अनुसार इन्धन वितरण गर्ने भनिएपनि आज दिउसो बस्ने आयल निगमको बैठकपछिमात्रै त्यसबारे निर्णयमा पुगिने आयल निगमका एक अधिकारीले जनाएका छन् ।