वीरगञ्ज तनावग्रस्त
वीरगन्ज,२२ पौष । आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ता र भारतीय व्यपारीबीच झडप हँुंदा विरगञ्ज रक्सौल सिमाको मितेरी पुलमा तनाब भएको छ । झडपका क्रममा मोर्चाका दुइजना कार्यकर्ता घाइते भएका छन् । भारतीय व्यपारीका तस्करहरुले सामान ओसारपसार गर्ने क्रममा नाकामा धर्नामा बसेका कार्यकर्ताहरुले रोक्न खोजेपछि आज विहान दुइपक्षबिच झडप भएको हो । दुइपक्षबिच ढुंगा हानाहान हुनुका साथै भारतीय व्यपारीहरुले पेट्रोल बम पनि हानेको हाम्रा सहकर्मी क्रान्ति शाहले जनाएका छन् ।