Live Streaming

​तीन दलको बैठक बालुवाटारमा सुरु


काठमाडौं,२२ पौष । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेका मागका विषयमा साझा धारणा बनाउन प्रमुख तीन दलको बैठक बसिरहेको छ । कांग्रेस, एमाओवादी र मोर्चाबीच भएको पछिल्लो छलफल सकारात्मक भएको भन्दै साझा धारणा बनाउन कँग्रेस, एमाले र एमाओवादी छलफलमा जुटेका हुन् । कांग्रेस र एमाओवादी आन्दोलनरत मधेसी मोर्चाले उठाएको सीमांकनसहित ११ बूँदे मागमा साझा धारणा बनाएर जान तयार भएका छन् ।

एमालेले भने मोर्चाको मागका बिषयमा पछिल्लो धारणा सार्वजनिक गरेको छैन । मधेसी मोर्चाले संबिधान संसोधन सँगै सीमांकनको विषय पनि प्याकेजमा टुंग्याउनुपर्ने अडान राख्दै आएको छ । प्रमुख दलहरुले भने सिंमाकनका लागि तीन महिना समय दिएर राजनीतिक समिति बनाउने प्रस्ताव गरेका छन् । बैठकमा सदन सुचारु गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।