Live Streaming

‘जनताको संविधान, जनताकै माझमा’ अभियानको समय थपियो

काठमाडौं, २२ पौष ।
सरकारले जनतालाई संविधान बुझाउने अभियानको अवधि एक महिना थप गरेको छ । ‘जनताको संविधान, जनताकै माझमा’ सरकारको राष्ट्रिय अभियानमा सरकारले नयाँ संविधान २०७२ को बारेमा जानकारी दिदै आएको छ ।  गत मङ्सिर २१ गतेदेखि मुलुक भर एकमहिने राष्ट्रिय अभियान सुरु गरेको थियो । हिजो सकिने अभियानको समय थपिएपछि माघ २१ गतेसम्म अभियान चल्नेछ ।

केही हिमाली एवम् तराईका जिल्लामा यो अभियान गर्न बाँकी रहेकाले आगामी माघ २१ गतेसम्म सञ्चालन गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । अभियानअन्तर्गत बितेको एक महिनामा ८० प्रतिशत जिल्ला सदरमुकाम, नगरपालिका र गाविसका केन्द्रमा अन्तरक्रिया कार्यक्रम गरिएको मन्त्रालयका सहसचिव हरि पौडेलले जानकारी दिनुभयो ।