सहमतिका लागि आज कार्यदल तहमा छलफल हुने
काठमाडौं, २२ पौष
प्रमुख तीन दल र मधेसी मोर्चाबीच कार्यदल तहमा आज छलफल हुँदैछ । आन्दोलनरत मधेसी मोर्चाका ११ बुँदे मागका विषयमा सहमति जुटाउने प्रयास स्वरुप आज प्रमुख तीन दल र मधेसी मोर्चाले बनाएको कार्यदलवीच कार्यदलस्तरमा छलफल हुन लागेको हो । कार्यदल सदस्य एबं कँग्रेस नेता महेश आचार्यका अनुसार छलफल हुने भनिएपनि समय भने तय भइसकेको छैन । उहाँले यसअघि दुवै पक्षबाट अघि सारिएका प्रस्तावका आधारमा नै सहमति खोजिने बताउनुभयो ।
मधेसी मोर्चाले हिजो बनाएको कार्यदलमा तराइ मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र तराइ मधेस सद्भावना पार्टीका रामनरेश यादव रहनु भएको छ । मोर्चाको एउटा घटक सद्भावना पार्टीका प्रतिनिधि भने कार्यदलमा छैनन् । यसअघि प्रमुख दलहरुले एमालेका उपाध्यक्ष भीम रावल, एमाओवादीका महासचिव कृष्णबहादुर महरा र कांग्रेस नेता महेश आचार्य रहेको कार्यदल बनाइ सकेको छ ।