इन्धन वितरणका लागि भोलीदेखि एसएमएस सिस्टम
काठमाडौं,२१ पौष । नेपाल आयल निगमले इन्धन वितरणका लागि भोलीदेखि एसएमएस सिस्टम प्रयोगमा ल्याउने भएको छ । निगमले बितरण प्रणाली अस्तव्यस्त भएका कारण उपभोक्ताले सास्ती खेप्नु परेको भन्दै लाइन बस्न नपर्नेगरी सो सिस्टम प्रयोगमा ल्याउन लागेको हो । एसएमएसबाटै तेल बुकिङ गर्ने सेवाका लागि सरकारले एघार एघार नम्बर प्रयोगमा ल्याएको छ ।
सो प्रणाली प्रयोग गर्न उपभोक्ताले आफ्नो मोवाइलको म्यासेज बक्समा गइ आर इ क्यु स्पेस पी स्पेस ब्लुबुक नम्बर स्पेस जिल्ला कोड नम्बर स्पेस निर्वाचन क्षेत्र नम्बर स्पेस एस स्ल्यास एम स्ल्यास एल टाइप गरी एघार एघारमा पठाउनु पर्ने छ । स्कुटर÷मोटरसाइकलजस्ता साना सवारी साधनधनीले अंग्रेजी अक्षरको एस, मध्यम आकारका सवारीधनीले एम तथा ठुला सवारीधनीले एल टाइप गरेर एसएमएस पठाउनु पर्नेछ । एसएमएस सिस्टममार्फत निगमले भोली चार पाँग्रे सवारी साधनलाई पेट्रोल वितरण गर्ने भएको छ ।