बन्दुक नियन्त्रण निति ल्याउँदै ओबामा
एजेन्सी
काठमाडौं,२१ पौष । अमेरिकी राष्ट्रपति बराक ओबामाले बन्दुकको प्रयोगबाट हुने हिंसाका घटना नियन्त्रण गर्न नयाँ योजना सार्वजनिक गर्नु हुने भएको छ । संसदको तल्लो सदन कंग्रेसको विरोधका माझ ओवामाले आज सार्वजनिक गर्न लाग्नुभएको नयाँ निति अनुसार हतियार खरिदकर्ताहरुको पृष्ठभूमि जाँच फराकिलो बनाइनेछ ।
अनलाइन वा स्टोरमा बन्दुक बिक्रि गर्नेहरुले सम्भावित खरिदकर्ताहरुको पृष्ठभूमि परिक्षण अनिवार्य रुपमा गर्नुपर्ने ब्यवस्था गरिन लागेको बीबीसीले उल्लेख गरेको छ । गामी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार ¥याण्ड पउलले त्यस्तो योजनाको कडा प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।