न्यायपरिषदमा पहिलो महिला सदस्य
काठमाडौं,२१ पौष । न्यायपरिषद्ले पहिलो पटक आज महिला सदस्य पाएको छ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गिरीशचन्द्र लालले उमेर हदका कारण हिजोदेखि अवकाश पाएपछि परिषद्मा वरिष्ठ न्यायाधिश सुशिला कार्की सदस्य हुनभएको हो । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश न्यायपरिषदको सदस्य हुने व्यवस्था छ ।
अहिलेसम्म कोही पनि महिला न्यायपरिषद् सदस्य भएका थिएनन् । न्यायाधिश कार्की प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यकाल चैत अन्तिममा सकिएसँग वरिष्ठताकै आधारमै प्रधानन्यायाधीश पनि बन्दै हुनुहुन्छ ।