भारतमा भुकम्पमा परी ८ जनाको मृत्यु
काठमाडौं,२० पौष । भारतको मनिपुरलाई केन्द्रबिन्दु बनाएर आज बिहान गएको भुकम्पमा परि कम्तीमा ८ जनाको मृत्यु भएको छ । अन्य एक सय भन्दा बढि घाईते भएका छन । भुकम्पको केन्द्र पुर्बोतर भारतको मणिपुरको राजधानी ईम्फालदेखि २९ किलोमिटर पश्चिम रहेको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपाली समयानुसार बिहान ४ बजेर ५२ मिनेटमा ६ दशमलब ७ रेक्टर स्केलको भुकम्प गएको अमेरिकी भुगर्ब बिभागले जनाएको छ । भुकम्पका कारण मणिपुर र पश्चिम बंगाल राज्यमा सयौ घरहरु भत्किएका छन् । सो भुकम्पको धक्का एक मिनेटसम्म लगातार गएको थियो । भुकम्पले पुर्याएको क्षतिको अन्य बिबरण भने संकलन भैरहेको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
प्रभाबित ईलाकामा सुरक्षाकर्मिले उद्धारको कार्य सुरु गरेका छन् । भुकम्प पछि मानिशहरुलाई घरबाट बाहिर निस्केर बस्न आग्रह गरिएको छ भने अस्पातालमा उपचाररत बिरामिहरुलाई पनि खुल्ला ठाँउमा राखेर उपचार सुरु गरिएको छ । भुकम्पको धक्का म्यानमार, बंगलादेशका साथै पुर्बि नेपालका झापा, मोरङ सुनसरी ईलाम पाँचथर र ताप्लेजुङ लगायत अधिकासं क्षेत्रमा महसुस गरिएको थियो । त्यस्तै भारतका पनि बिभिन्न राज्यमा सो भुकम्पको धक्का महसुस भएको अधिकारीहरुले जनाएका छन् ।