Live Streaming

बिहानै भुकम्पको धक्का महशुस


काठमाडौं,२० पौष । भारतको मणिपुरलाई केन्द्रबिन्दु बनाएर आज बिहान ठूलो भुकम्प गएको छ । नेपाली समयानुसार बिहान ४ बजेर ५२ मिनेटमा ६ दशमलब ७ रेक्टर स्केलको भुकम्प गएको अमेरिकी भुगर्व सर्बेक्षण केन्द्रले जनाएको छ । यसअघि सो भुकम्प ६ दशमलब ८ रेक्टर स्केलको भएको बताइएको थियो ।

भुकम्पका कारण मणिपुर र पश्चिम बंगाल राज्यमा कयौ घरहरु भत्किएको बताइएको छ । यद्यपी अहिलेसम्म १ जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । क्षतिको अन्य विवरण भने संकलन र उद्धार कार्य भइरहेको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

भुकम्पको धक्का म्यानमार, बंगलादेशका साथै पूर्वी नेपालका झापा, मोरङ सुनसरी ईलाम पाँचथर र ताप्लेजुङलगायत अधिकांश क्षेत्रमा महसुस गरिएको थियो । त्यस्तै भारतका पनि विभिन्न राज्यमा सो भुकम्पको धक्का महसुस भएको अधिकारीहरुले जनाएका छन् । सो भुकम्पको केन्द्रबिन्दु मणिपुरको राजधानी ईम्फालदेखि २९ किलोमिटर पश्चिम रहेको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन्  ।