फेरि लोडसेडिङ बढ्यो
काठमाडौं,२० पौष । नेपाल विद्युत प्राधिकरणले आजदेखी लागू हुनेगरी विद्युत आपूर्ती कटौती गरेको छ । साताको ७७ घण्टा लोडसेडिङ हँुंदै आएकोमा अब हप्ताको ८६ घण्टा बत्ती जानेछ । नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३÷१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ लोडसेडिङ हुनेछ ।
सुख्खा याममा विद्युतको माग बढिरहेको तर नदीमा पानीको बहाब कम हुँदै गएकोले विद्युत आपूर्तिमा कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ । यसका अतिरिक्त ग्यास अभावमा खाना पकाउन विद्युतको प्रयोग गरेपछि प्राधिकरणको सिष्टममै समस्या परेको अधिकारीहरुले जनाएका छन् ।