सेयर बजार उकालो तिर
काठमाडौं,१९ पौष । दलहरुबीच राजनीतिक सहमतिको वातावरण बन्दै गएको खबरले शेयर बजारमा सुधार आएको छ । साताको पहिलो दिन शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज नेप्से ९ दशमलव ४६ अंकले बढेर १ हजार १ सय ६० विन्दुमा पुगेको छ । बीमा समूहमा २ सय ३५ अंकको बृढिका हुदा नेप्से उकालो लागेको हो ।
सेयर बजारमा बढी प्रभाव रहने बैंकिङ समूह १ दशमलव ६७ अंकले घटेको छ । साताको पहिलो दिन आज १ सय २९ कम्पनीको ४ हजार ५ सय ५३ कारोवारबाट ६१ करोड ९ लाख बराबरका शेयर खरिद बिक्री भएका छन् । नेप्से बढेपनि बैंकिङ, जलबिद्युत र उत्पादन समूह भने ओरालो लागेको छ ।