वार्ता अन्यौलमा
काठमाडौं,१९ पौष । सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत मधेशी मोर्चाबीच आज हुने भनिएको वार्ता पनि अनिश्चित बनेको छ । प्रमुख दलका केही शीर्ष नेताहरु काठमाडांैबाहिर रहेकाले वार्ता अन्यौलमा परेको हो । तमलोपा नेता हृदयेश त्रिपाठीले वार्ताबारे सरकारबाट अहिलेसम्म कुनै खबर नआएको बताउनुभयो ।
प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्रीको आजको कार्यक्रमको सूचीमा अहिलेसम्म वार्ताबारे कुनै उल्लेख छैन । प्रधानमन्त्री ओली मकवानपुर र ललितपुर जोड्ने गिम्दी खोलामा निर्मित झोलुंगे पुल उद्घाटन गर्न त्यसतर्फ जाँंदै हुनुहुन्छ । मधेशी मोर्चाका शीर्ष नेताहरुपनि बुटवलमा आज आयोजित सभामा सहभागी हुन त्यसतर्फ गएका छन् ।