Live Streaming

​ भृकुटीमण्डपमा नवीकरणीय उर्जा प्रदर्शनी


काठमाडौं,१७ पौष । नेपालमा नवीकरणीय ऊर्जाकोे सम्भावनाबारे प्रचार–प्रसार गर्न राजधानीको भृकुटीमण्डपमा आजदेखि नवीकरणीय ऊर्जा प्रदर्शनी गरिने भएको छ । सर्वसाधारण, निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र र अन्तर्राष्ट्रिय जगतमा नविकरणीय उर्जाको प्रचार गर्न आयोजित ३ दिने प्रदर्शनीले विद्यमान ऊर्जा संकटको अवस्थामा नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगमा वृद्धि गर्ने विश्वास आयोजक वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले लिएको छ ।

नवीकरणीय ऊर्जाको विकासमा निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको सक्रियता र लगानीको अनुकूल वातावरण सिर्जना गर्न प्रदर्शनीले सहयोग गर्ने केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताउनुभयो । धितालका अनुसार, प्रदर्शनीमा सौर्य उर्जा, जैविक ऊर्जा, बायोग्यास, वायु ऊर्जाबारे लगायतबारे बिस्तृत जानकारी उपलव्ध गराइने छ । ‘उर्जा सुरक्षाका लागि नवीकरणीय ऊर्जा’ नारा राखिएको प्रर्दशनीमा नवीकरणीय ऊर्जाका प्रविधि सोलार, सुधारिएको चुलो, बायोग्यास, लघुजलविद्युत, बायोग्यास आदिका १ सय २५ वटा स्टल रहने छन् ।