नेपाली राष्ट्रिय टोपी दिवस मनाईंदै
काठमाडौँ, १७ पौष । नेपाली कला, संस्कृति, भाषा र भेषभूषा लोप हुन लागेको भन्दै आज युवाहरुको आह्वानमा प्रस्तावित नेपाली पोशाक दिवस मनाईंदैछ ।
बिदेशी संस्कृतिको बढ्दो प्रभावले नेपाली संस्कृतिको मौलिक पहिचान गुम्न लागेको भन्दै सामाजिक सञ्जालमा सक्रिय युवाहरुले आज अंग्रेजी नयाँ बर्षको पहिलो दिन जनवरी १ मा राष्ट्रिय पोशाक दिवस मनाउन आह्वान गरेका हुन् । अभियानमा सक्रिय युवाहरुले आज नेपाली राष्ट्रिय पोशाक लगाएर देशभर कार्यक्रम गर्न पनि आह्वान गरेका छन् ।
यसैक्रममा विहान राजधानीको माइतीघर मण्डलामा एक कार्यक्रम आयोजना भएको थियो ।