हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेको प्रथम साधारण सभा सम्पन्न
ओस्लो, १७ पौष । नर्वेको राजधानी ओस्लोमा हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेको साधारण सभा सम्पन्न भएको छ । प्रथम साधारण सभाले गोरख चन्दको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुदिप पाण्डे, दिपक महत र विश्वास बजगाई निर्वाचित हुनुभएको छ ।
यस्तै महासचिवमा कृष्ण श्रेष्ठ, सचिवमा मिसर लामिछाने, कोषाध्यक्षमा निर्मल पौडेल चयन हुनुभएको छ । यसैगरी कार्य समितिका सदस्यहरुमा भिमसेन सारु, पदम सुवेदी, संजीव अधिकारी, महेश बटु, विष्णु गौतम, मनोज अधिकारी, विकास चन्द्र भट्राई, ज्ञानू गौतम, रत्न सापकोटा, जितेन्द्र शाही, राजन श्रेष्ठ, प्रतिक्षा के.सी, खेम तिमिल्सना रहनु भएको छ । त्यस्तै नवनिर्वाचित अध्यक्ष गोरख चन्दले प्रवासमा रहेका नेपालीहरुलाई आफ्ना स्वदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्न एकजुट हुन आग्रह गर्नु भयो ।
आर्थिक सहयोग गर्दा पैसा मात्र नभई भावना पनि जोडिने भन्दै सबैलाई एक हुन आग्रह हुनुभएको छ । कार्यक्रममा जनसम्पर्क समिति नर्वे, प्रवासी नेपालीमंच, जनप्रगतिशील मंच, विवेकशील नेपाली, नेपाली विद्यार्थी समुदाय ओस्लो, नेपाली र्पोचुगिज समाजका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । सन् २०१३ मा स्थापित यस सामाजिक संस्था, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेले नेपालको शिक्षा क्षेत्र, नेपाली संस्कृतिको प्रर्वद्धन र प्राकृतिकविपत्ति जस्तै भुकम्प पिडितहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।
हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेद्धारा गरिएका गतिविधिहरुको प्रशंसा गर्दै गैर आवासीय नेपाली संघ नर्वेका अध्यक्ष कुमार पण्डितले आगामी दिनमा एन.आर.एनपनि सहकार्य गर्न इच्छुक रहेको बताउनु भएको थियो ।