आतंकवादी आक्रमणको आशंकामा ब्रसेल्समा नयाँं वर्षको सबै कार्यक्रम रद्द
एजेन्सी
काठमाडौं,१६ पौष । आतंकवादी आक्रमणको आशंका पछि बेल्जियमको राजधानी ब्रसेल्समा नयाँ वर्षको अवसरमा आयोजना गरिएका सबै कार्यक्रम रद्द गरिएको छ । आतंककारी आक्रमण हुने जानकारी प्राप्त भएपछि समारोह रद्द गरिएको प्रधानमन्त्री चाल्र्स मिशेलले बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । मंगलबार मात्र बेल्जियम प्रहरीले नयाँ वर्षको अवसरमा आक्रमण गर्ने योजना बनाएको आशंकामा दुई जनालाई पक्राउ गरेको थियो ।
स्लामिक स्टेट आइएसले नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा एक सय ४० जनाको ज्यान जाने गरि गरेको आक्रमणको योजना बनाउने तथा संलग्न मध्ये केही बेल्जियममा बस्दै आएकाले सुरक्षा खतरा रहेको अधिकारीले बताएका छन् । पेरिस आक्रमणपछिदेखि नै बेल्जियमले सुरक्षा सतर्कता बढाएको छ ।