Live Streaming

नागरिक उड्ययन प्राधिकरण १७ औं वर्षमा प्रवेश


काठमाडौं,१६ पौष। नेपाल नागरिक उड्ययन प्राधिकरणले आज आफ्नो स्थापनाको १७ औं वार्षिकोत्वस मनाउँदैछ । हवाई उड्ययनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सन् १९९८ डिसेम्वर ३१ मा प्राधिकरणको स्थपना गरिएको थियो । प्राधिकरणले विमानस्थल निर्माण, सञ्चालन र रेखदेको जिम्मेवारी निर्वाह गर्नुका साथै हवाई सेवा प्रदायकहरुको नियमनको काम गर्दै आएको छ । 

प्राधिकरणको वार्षिकोत्सवका अवसरमा शुभकानमा दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हवाई यात्रा सुरक्षित र भरपर्दो बनाउन प्राधिकरणले अन्तर्राष्ट्रिय निकायहरुसँंंग मिलेर काम गरिरहेको भन्दै प्रशंसा गर्नुभएको छ । उहाँले प्राकृतिक विपत्ति र खासगरी पछिल्लो भूकम्पका बेला उद्दार र राहत कार्यमा नेपालको हवाई सेवा प्रदायकहरुले खेलेको भूमिकाको पनि उच्च मूल्यांकन गरिएको उल्लेख गर्नुभएको छ ।