Live Streaming

सिन्धुपाल्चोक केन्द्रविन्दु भएको भुकुम्प गयो

काठमाडौं,१६ पौष । गत वैशाख १२ गते गएको महाभूकम्पको परकम्प जाने क्रम अझै जारी छ । आज विहान ७ बजेर ४१ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, वैशाख १२ यता ४ रेक्टरस्केल भन्दा माथिका ४ सय २० वटा परकम्प गएका छन् ।